प्रधानमन्त्री प्रचण्डले भने–समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्छु
मङ्गलबार, २६ पुस २०७९, १८ : ५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गरेका छन् । मंगलबार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री प्रचण्डले इमानदार रहँदै सहमतिका साथ अगाडि बढ्ने उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, 'तपाईँहरूको यो विश्वासप्रति इमानदार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु ।' उनले प्रतिनिधि सभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गरेकोमा सबै सांसद र संसद्प्रति आभार पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत