शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सरकारका प्रतिबद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भयो : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, २६ पुस २०७९, १८ : ४७
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनलाई हर्ष र गर्वको अनुभूति भएको बताएका हुन् ।   

उनले ठुलो जिम्मेवारी र चुनौती थपिएको महशुस गरेको पनि बताए । उनले आफूलाई प्रमुख प्रतिपक्षी दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताए । सञ्चारकर्मीहरूको प्रतिप्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रूपमा चित्रण गर्नु नहुने बताए ।  

उनले सरकारले गरेका प्रतिबद्धता अनुसार कामहरू अगाडि बढाउने पनि स्पष्ट पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप