बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुःख पर्दा दिमागभित्र कस्ता परिवर्तन आउँछन् ?

मङ्गलबार, २६ पुस २०७९, १६ : ४८
मङ्गलबार, २६ पुस २०७९

दुःखलाई हाम्रो मस्तिष्कले त्यसरी नै लिन्छ जसरी शरीरलाई कुनै भयानक चोट लागेको बेला लिने गर्छ । स्कुल अफ मेडिसिन, युनिभर्सिटी अफ मेरिल्याण्डको न्युरोलोजिस्ट डा. लिजा एम शुल्मेनले यो कुरा बताएका छन् । कुनै ठूलो रोग वा दुर्घटनामा घाइते भएपछि शरीरले जसरी तुरुन्त प्रतिक्रिया दिन्छ, ठिक त्यसरी नै मानसिक समस्या हुँदा पनि दिमागले प्रतिक्रिया दिन्छ । यो एक खालको सर्भाइभल रणनीति हो, जुन अञ्जानमै हाम्रो दिमागमा बन्ने गर्छ ।

शारीरिक आघातजस्तै हुन्छ प्रतिक्रिया

डाक्टर शुल्मेनका अनुसार हाम्रो मस्तिष्क यसरी विकसित भएको छ कि उसले आफूलाई बचाई राख्नेबारे सोच्छ । यस्तोमा कुनै पनि प्रकारको समस्या चाहे त्यो मानसिक नै किन नहोस्, त्यसले मस्तिष्कलाई ट्रिगर गर्छ र उसले यसलाई आफू नष्ट हुन लागेको जस्तो संकेतको रुपमा हेरेर प्रतिक्रिया दिन थाल्छ । यो पूर्ण रुपमा शारीरिक आघातजस्तै हुन्छ ।’

दिमागको एमिग्डेलाको यसमा सबैभन्दा ठूलो भूमिका

यो मस्तिष्कको मध्यमा हाइपोथ्यालामसको छेउमा हुने एक जटिल संरचना हो जसले भावनालाई नियन्त्रणमा राख्छ । यादहरु पनि यसैको हिस्सा हो । जब कसैलाई मानसिक ट्रमा हुन्छ, यो हिस्सा सक्रिय भएर धेरै स्मरणहरु पठाउन थाल्छ जसका कारण शरीर हाई अलर्टमा जाने गर्छ । सास र रक्त प्रवाह तीब्र हुनु, असाध्यै धेरै पसिना आउनु र मांसपेशी संकुचित हुनु वा कडा हुनु यसको संकेत हो ।

‘एक्सट्रिम इमोशनल ट्रमा’ का बेला दिमागको यो हिस्सा लगातार सक्रिय हुन्छ । एक तरिकाले भन्ने हो भने यसले ओभरटाइम गर्छ ताकि व्यक्तिलाई झट्काबाट निस्कन सहज होस् । दुःखमा रुनु, खानपिन छोडेर एउटै ठाउँमा बसिरहनु एक प्रकारको साइकोलोजिकल डिफेन्स मेकानिजम हो जसले समस्यामा परेकालाई त्यसबाट बाहिर निकालिरहेको हुन्छ ।

कतिपटक समस्यामा आएका मानिसहरुलाई त्यसबाट बाहिर निस्कन भनिन्छ । यसले ग्रीफको प्रक्रिया अधुरै हुने गर्छ र एमिग्डेला पुनः कुनै सानो समस्यामा पर्दा पनि सक्रिय भएर पुरानो घाउ कोट्याइदिने गर्छ । त्यसैले वैज्ञानिकले पीडालाई सही तरिकाले प्रोसेस गरेर पुनः त्यसबाट बाहिर निस्कनु सही बताउँछन् ।

sad1दिमागमा के परिवर्तन हुन्छ ?

बाहिरबाट हेर्दा निकै मजबुत देखिने व्यक्ति पनि दुःख परेपछि उनीहरुको जीवनशैली परिवर्तन हुने गर्छ । यसलाई बुझ्नका लागि थुप्रै अध्ययन भए । यसमा द ग्रिभिङ ब्रेन–साइन्स अफ हाउस वी लर्न फ्रम लभ एन्ड लसमा न्युरोलोजिस्ट मेरी ओ’कोनोरले थुप्रै अध्ययनलाई उद्धृत गर्दै यतिबेला न्युरोन्समा के परिवर्तन आउँछ भनेर जानकारी दिएकी छिन् । यसका केही हिस्सा जर्नल अफ साइकेट्रिक रिसर्चमा प्रकाशित भएका छन् ।

धेरैजसो मानिस डिप्रेशनको शिकार

यसका लागि लगभग साढे दुई हजार यस्ता मानिस छानिए जसले आफ्नो साथी वा बच्चा गुमाएका थिए । उनीहरुको दिमागलाई लगभग १८ वर्षको अन्तरालमा थुप्रै पटक स्क्यानि गरियो । यसमा के पाइयो भने दुःख परेपछि उनीहरुको दिमागमा न्युरोन्स खुम्चिन थाले । शोधमा समावेश लगभग ६८ प्रतिशत मानिस माइल्ड, जबकी ७ प्रतिशत मानिस क्रोनिक डिप्रेसनमा बिरामी भए ।

यतिबेला उनीहरुमा के कमन देखियो भने पीडालगत्तै लिम्बिक सिस्टम सक्रिय भयो जसका कारण एमिग्डेला सतर्क भयो । यसको असर नजिकै रहेको हाइपोथ्यालामेसमा पनि पर्छ जुन एक प्रकारको रिले स्टेशन हो जसमार्फत् सिग्नल निस्किएर दिमागको सेरिब्रल कार्टेक्ससम्म पुग्ने गर्छ । कार्टेक्स एक प्रकारको इन्फर्मेशन–प्रोसेसिङ सेन्टर हो । यसैले बताउँछ कि ती व्यक्ति वा स्थिति अब हाम्रो होइन ।

कसैलाई गुमाउँदा दुःखको एक अवस्था यस्तो पनि हुन्छ जुन किै लामो समयसम्म चल्छ । यसलाई प्रोलङ्ग वा कम्प्लिकेटेड ग्रिफ भनिन्छ । दुःखको यसै अवस्थामा ब्रेनको न्युरोन्समा यति असर हुन्छ कि उनीहरु थुप्रै मानसिक रोगका लागि संवेदनशील हुने गर्छन् जस्तै डिप्रेशनलगायतका रोगले नै यस्ता मानिसहरुलाई बढी घेर्ने गर्छ ।

– एजेन्सीकाे सहयाेगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप