आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रधान सेनापतिद्वारा प्रकृति संरक्षण पदक सुशोभन

मङ्गलबार, २६ पुस २०७९, १६ : ४३
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरुको सुरक्षामा खटिएका सैनिकहरुलाई पदक प्रदान गरेका छन् ।

जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले एकजना उपरथी, १२ जना अधिकृत, दुईजना पदिक र अन्य दुईजनालाई प्रकृति संरक्षण पदक प्रदान गरेका हुन् । प्रकृति संरक्षणमा खटिनेहरुलाई कदर गर्न मन्त्रिपरिषद्ले २०७५ जेठ ३ मा प्रकृति संरक्षण पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म १६ हजार २३६ सैनिकले सो पदक पाएका छन् । यसवर्ष २८ सय ८७ जनालाई पदक प्रदान गर्ने घोषणा भएको थियो । प्रकृति संरक्षणमा परिचालित भएर हालसम्म ११६ जना सैनिकले ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप