सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नयाँ प्रशिक्षक आएपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य के होला ?

मङ्गलबार, २६ पुस २०७९, १६ : ०३
मङ्गलबार, २६ पुस २०७९

पोर्चुगल । रोबर्टो मार्टिनेज पोर्चुगलको राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । सबैको चासो अब स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्न पाउँछन् कि पाउँदैनन् भन्नेमा छ ।

स्पेनिस प्रशिक्षक यसअघि साढे ६ वर्ष बेल्जियमको राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए । तर उत्कृष्ट खेलाडीहरूले भरिएको टोलीलाई उनले एउटा पनि उपाधि दिलाउन सकेनन् । सन् २०२२ को कतार विश्वकपमा टोली समूह चरणबाट नै बाहिरिनुपरेपछि उनले आफ्नो जिम्मेवारी छाडेका थिए ।

अब उनले बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, गोनकालो रामोश, राफायल लियो र जोआ फेलिक्सजस्ता पोर्चुगलको सुनौलो पीढीको नेतृत्व सम्हाल्नुपर्नेछ । साथै उनले रोनाल्डोको भविष्यबारे पनि निर्णय लिनुपर्नेछ । 

टोलीको म्यानेजर नियुक्त भएपछि उनलाई पहिलो प्रश्न रोनाल्डोकै बारेमा गरिएको थियो । ‘के तपाईं रोनाल्डोलाई राष्ट्रिय टोलीमा बोलाउनुहुन्छ ?,’ भन्ने प्रश्नमा उनले भने, ‘फुटबलको निर्णय मैदानमा लिइनेछ । म अफिसको कोठामा निर्णय लिने प्रशिक्षक होइनँ । म विश्वकपको टोलीमा रहेका सबै २६ खेलाडीहरूसँग बस्छु । यो सूचीमा रोनाल्डो पनि छन् । उनी विगत १९ वर्षदेखि राष्ट्रिय टोलीमा छन् । उनीसँग बसेर कुरा गर्ने सम्मानको उनी हकदार छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप