प्रदेश १ : सभामुखमा सत्ता गठबन्धनबाट बाबुराम गौतमको उम्मेदवारी दर्ता
![प्रदेश १ : सभामुखमा सत्ता गठबन्धनबाट बाबुराम गौतमको उम्मेदवारी दर्ता](https://npcdn.ratopati.com/media/news/province-1-savamukh_GAkH06Wllb.jpg)
विराटनगर । प्रदेश १ को सभामुख पदका लागि माओवादीका सांसद बाबुराम गौतमको उम्मेदवारी दर्ता गराएका छन् ।
गौतमको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी रहेका छन् भने नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका छन् ।
५० वर्षीय गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका आजै सार्वजनिक भएको थियो ।
तालिका अनुसार आज ३ देखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय दिइएको छ । उक्त अवधिमा अन्य दलबाट कुनै पनि उम्मेदवारी नपरे गौतम निर्विरोध सभामुख हुनेछन् ।
उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, दाबी विरोध उपर छानबिन, उम्मेदवारको नाम फिर्ताको प्रक्रिया आजै पुरा गरी साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।
सभामुखको निर्वाचन २८ गते ११ बजेका लागि तय गरिएको संसद् सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिए ।
यता, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफूहरूले सभामुखमा उम्मेदवारी नदिने बताएका छन् । संसद् सचिवालयमा रातोपाटीसँग कुरा गर्दै थापाले उपसभामुखमा भने उम्मेदवारी दिने संकेत गरे । ‘हामीले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेका छौं,’ थापाले भने, ‘उपसभामुखमा भने कार्यतालिका आएपछि निर्णय गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
-
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम
-
रातोपाटी ‘जित्छ कसले : छान्नुहोस्, जित्नुहोस्’ को बम्पर पुरस्कार विजेता घोषणा
-
‘मिस्टर नेवाः’ आयोजना हुने
-
एमाले बैठकमा सुनाइयो लभ स्टोरी, मन्त्री फिर्ता नबोलाउनुको यस्तो छ कारण
-
विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री