देउवालाई ओलीको प्रतिप्रश्न : मेरा मित्रलाई म सोध्न चाहन्छु यहाँले होइन संसद् विघटन गर्या ?
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद् विघटनबारे घोचपेच चलेको छ ।मंगलबारको प्रतिनिधि सभा बैठकमा ओलीभन्दा अघि बोलेका कांग्रेस सभापति देउवाले संविधानको रक्षाका लागि प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिन चाहेको बताएका थिए ।
त्यसक्रममा उनले प्रतिनिधि सभामा सोमबार बोल्ने क्रममा ओलीले संसद् विघटन हुनसक्ने भन्दै दिएको अभिव्यक्तिको आलोचना गरेका थिए ।
देउवाले फेरि त्यस्तो अवस्था नआओस् भन्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिने भन्दै ‘प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्बोधनमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, देउवाले ओलीलाई लक्षित गर्दै भने, ‘उहाँले संविधानको पूर्णकालीन संसद्को व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रूपमा दोहो¥याउनु भएको छ । संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । सम्माननीय सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरूप विघटित संसद्को पुर्नस्थापना गरेको थियो। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ। वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परीक्षणको घडी हो ।’
जवाफमा अध्यक्ष ओलीले विगतमा संसद् विघटन कांग्रेस र राजाले गरेको बताए । ‘म एउटा कुरा भन्छु । १५ सालमा संसद् बन्यो, १७ सालमा संसद् विघटन गर्ने राजा महेन्द्र हुन् म होइन । ४८ सालमा निर्वाचन भयो ५१ सालमा संसद् विघटन गरेर मध्यावधिमा जाने नेपाली कांग्रेस हो म होइन’ ओलीले भने, ‘गुरुजी आफूले गरेका कुरा कतिपल्ट संसद् विघटन भो, कतिपल्ट के भो ? माननीय शेरबहादुरजीले ५८ सालमा संसद् विघटन गरेर मध्यावधिमा गएर आश्विन १८ र माघ १९ होइन ? मेरा मित्रलाई म सोध्न चाहन्छु यहाँले होइन संसद् विघटन गर्या ?’
अध्यक्ष ओलीले त्यसबेला अरु सबैले विरोध गर्दा पनि आफूले समर्थन गरेको भन्दै मौका अनुसारको व्याख्या राजनीतिमा नगर्न आग्रह गरे । उनले कांग्रेसको समर्थन जाल होइन भने राम्रो भन्दै यसमा भोलि केही सोचिएको भए ढोक्सा खाली हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा