बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : लोसपा संसदीय दलको नेतामा अभिराम शर्मा

मङ्गलबार, २६ पुस २०७९, १३ : ४१
मङ्गलबार, २६ पुस २०७९

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएको सो पार्टीकै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले जनाएकी छन् ।

प्रदेशसभामा ९ जना सांसद रहेको लोसपामा ५ जना सांसदको समर्थनसहित शर्मालाई संसदीय दलको नेता चयन गरिएको प्रदेशसभा सदस्य तिवारीको भनाइ छ । यद्यपि, लोसपा संसदीय दलको बैठकले दलको नेता चयनबारे आधिकारिक निर्णय गरिसकेको छैन ।

प्रदेशसभा सदस्य तिवारीले रातोपाटीसँग भनिन्, ‘९ जना सांसदमध्ये ५ जना महोत्तरीबाटै प्रतिनिधित्व गरेको र हामी ५ जनाकै समर्थन शर्मालाई भएकाले उहाँ दलको नेता चयन हुनु भएको हो ।’

दलको नेता चयन गर्न जनकपुरधाममा लोसपा सांसदहरुको बैठक बस्ने जनाइए पनि अहिलेसम्म आफूहरुलाई जानकारी नआएको उनको भनाइ छ । ‘हामी काठमाडौं पुगेर अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेर शर्मालाई संसदीय दलको नेता चयन गरेका हौं,’ उनले भनिन्, ‘यस विषयमा अध्यक्षले समेत सकारात्मक प्रतिक्रिया दिनुभयो ।’

लोसपा दलको नेतामा प्रदेशसभा सदस्य जितेन्द्र सोनल आकांक्षी थिए । तर आफ्नो पक्षमा बहुमत नभएपछि उनी दलको नेता बन्न बञ्चित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप