लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिने
बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलको तर्फबाट एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । त्यसका लागि मंगलबार गिरीले प्रदेश प्रमुखसमक्ष दावी पेश गर्दैछन्।
सत्तारूढ गठबन्धनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि ४ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गर्ने तयारी रहेको एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए।
उनले सत्तारुढ गठबन्धन दलका नेताहरूको बैठकपछि यस्तो तयारी गरेको बताए । उनले भने, ‘हामी बढीमा ५५ सांसदसहित दावी पेश गर्ने तयारीमा छौं ।’
लुम्बिनीमा सरकार बनाउन ४४ जना सांसद चाहिन्छ । संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय सीमा उपलब्ध गराएका थिए । उक्त समयसीमा बुधबार सकिन लाग्दा एक दिनअघि नै दाबी प्रस्तुत गर्न लागिएको हो ।
केन्द्रमा शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाउने सहमति छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन