हज यात्रालाई लिएर साउदी अरबको ठूलो निर्णय
साउदी अरबले यस वर्ष हज यात्रीको संख्या र उमेरसँग सम्बन्धित प्रतिबन्ध हटाएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हज र उमराह मामिला मन्त्री तौफिक अल–रबियाले मिडियालाई यसबारे जानकारी दिए ।
उनले भने, ‘यस वर्ष हजयात्रीको संख्या कोरोना भाइरसअघिको जस्तै हुनेछ, हज गर्न आउनेलाई उमेरको हद तोकिएको छैन ।’ हज हरेक वर्ष हुने धार्मिक कार्यक्रम हो, जुन यस वर्षको जुन महिनामा हुनेछ ।
During the opening of #Hajj_Expo 2023, H.E. Minister of Hajj and Umrah Dr. Tawfiq AlRabiah announces:
— Ministry of Hajj and Umrah (@MoHU_En) January 9, 2023
“Number of Hajj pilgrims in 1444H will return to how it was before the Coronavirus pandemic without age restrictions.”#Makkah_and_Madinah_Eagerly_Await_You pic.twitter.com/IZaPNqapIV
हज इस्लाम को पाँच कर्तव्य मध्ये एक हो । बाँकी चार कर्तव्यहरू हुन्– कलमा, रोजा, नमाज र जकात । धार्मिक मान्यता अनुसार शारीरिक र आर्थिक रूपमा सक्षम प्रत्येक मुस्लिमले जीवनमा कम्तिमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्ने दायित्व हुन्छ ।
गल्फ न्यूजको रिपोर्ट अनुसार सन् २०१९ मा करिब २५ लाख मानिसले हज गरेका थिए । तर, त्यसपछिका दुई वर्षमा कोरोना महामारीका कारण यात्रुको संख्यामा कमी आएको थियो । यस अवधिमा ६५ वर्षसम्मका व्यक्तिले मात्र हज यात्रा गर्न पाउँछन् ।
सन् २०२२ मा करिब ९ लाख तीर्थयात्री हज पुगेका थिए जसमध्ये ७ लाख ८० हजार विदेशी थिए ।