समाचार
संसद् बैठक दिउँसो १ बजेलाई सर्यो
मङ्गलबार, २६ पुस २०७९, १० : २६

काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा सारिएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत दिने बारे निर्णय गर्न कांग्रेसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर, अहिलेसम्म पनि सो बैठक सुरु हुन सकेको छैन ।
कांग्रेसका पदाधिकारीहरुसहित शीर्ष नेता यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीका छलफलमा जुटेका छन् । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपर अनलोड गर्दा काठमाडौँमा करेन्ट लागेर सहचालकको मृत्यु
-
‘७ महिनासम्म मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्ने सरकारले सुशासनको कुरा गर्न सुहाउँदैन’
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक
-
‘झण्डै लडेको’मा रातामकै र दीपाश्रीको ठूम्का
-
अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै