मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जसपाका सरोज यादवले दाबी पेस गर्दैै
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशसभा संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्री पदका लागि बहुमतसहित दाबी गर्ने भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरे बमोजिम यादवले मुख्यमन्त्रीका लागि दाबी गर्न लागेका हुन् ।
सत्ता साझेदार दलहरुकै समर्थनमा मधेस प्रदेशमा पनि सरकार गठन हुने भएको हो । सत्ता साझेदार दलहरुको बैठक जनकपुरधाममा बसेको छ ।
प्रदेश प्रमुख मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए । तर संघमा सत्ता साझेदार दलहरुबीच राजनीतिक समीकरण भइसकेकाले त्यसको एक दिन अगाडि नै यादवले एमाले, जनमत लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।
सरकार गठनका लागि मधेस प्रदेशमा १६ जना सांसदसहित तेस्रो ठुलो दल रहेको जसपालाई नेकपा माओवादीको २३ जना सांसद, जनमत पार्टीको १३ जना, माओवादी केन्द्रका ८ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी र उन्मुक्ति पार्टीका १÷१ जनासहित कुल ६२ जना सांसदको समर्थनमा दाबी पेस गरिने जसपा संसदीय दलका नेता सरोज यादवले जनाए ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशको नेतृत्व जसपा र जनमतले आलोपालो गरी लिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते