लोसपाले मधेस प्रदेशको दलको नेता आज चुन्दै

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्ने भएको छ । आज जनकपुरधाममा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीको तयारी छ । दलको नेतामा मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र पूर्व राज्यमन्त्री अभिराम शर्मा आकांक्षी रहेका छन् ।
यसअघि पनि लोसपा मधेस प्रदेश अध्यक्ष सोनल दलको नेता रहिसकेका छन् । यसपटक पनि दलको नेतामा दाबी गरेपनि उनलाई नस्वीकार्ने पार्टीबाटै आज उठिरहेको छ । उनकै पार्टीका प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले फेरी पनि सोनललाई नै स्वीकार्न नसकिने बताइसकेकी छिन् ।
रातोपाटीसँग भएको एक संवादमा तिवारीले लोसपाबाट ९ जना प्रदेशसभा सदस्य निर्वाचित भएकोमा ५ जना महोत्तरीबाटै भएकोले यस पटक दलको नेता महोत्तरीले पाउनुपर्ने अडान राखेकी छिन् ।
महोत्तरीमा लोसपाले प्रत्यक्षमा तीन प्रदेशसभा सांसद जितेको छ भने समानुपातिकमा दुई जना सांसद पनि महोत्तरीले नै पाएको छ । यसरी ९ जना मध्ये पाँच जना प्रदेश सांसद महोत्तरीबाट निर्वाचित भएर आएका छन् ।
गत शुक्रबार बसेको मधेस प्रदेशका सांसदहरुको बैठकले संसदीय दल विधान संशोधन गरेर पठाइसकिएको छ । सोमबार नै दलको नेता चयन गर्ने भनिए पनि तयारी पूरा हुन नसक्दा आज प्रदेशसभा सदस्यहरुको बैठक बसेर संसदीय दलको नेता चयन गर्न लागेको हो ।
मधेस प्रदेशमा दुई समानुपातिकसहित ९ जना सांसद रहेको छ । मधेस प्रदेशमा लोसपा सरकारमा सहभागी हुने सम्भावना कम छ । त्यसैले संसदीय दलको नेता चयनमा हतार नगरेको एक जना प्रदेश सांसदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू