एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय लिइने
मङ्गलबार, २६ पुस २०७९, ०६ : ५३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।
प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।
प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए