ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा
![ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा](https://rpcdn.ratopati.com/archived-media/nepal-rastra-bank.jpg)
बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब र ३६४ दिनको ६ अर्ब गरी कुल १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा मागभन्दा बढीका लागि आवेदन पर्नुका साथै ब्याजदर पनि न्यूनतम विन्दुमा झरेको हो ।
सोमवार जारी २८ दिने ट्रेजरीमा मागभन्दा १० अर्ब ८९ करोड बढीको बोलकबोल परेको थियो । उक्त ट्रेजरीको ब्याजदर ७ दशमलव ९३ प्रतिशत कायम भएको छ । यसअघि गत साताको २८ दिने ट्रेजरीमा ९ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको थियो ।
९१ दिनको ट्रेजरी पनि बोलकबोलभन्दा ५ अर्ब ५२ करोड बढीको माग भएको छ । उक्त ट्रेजरीको ब्याजदर पनि अघिल्लो साताको तुलनामा करीब १ प्रतिशत विन्दुले घटेर १० दशमलव ६ प्रतिशत कायम भएको राष्ट्र बैंकले बताएको छ । यसैगरी ३६४ दिनको ट्रेजरीको ब्याजदर घटेर ११ प्रतिशतमा झर्दा ४ अर्ब ४० करोडभन्दा अधिकका लागि बोलकबोल भएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले पुस १४ गते ४५ दिन अवधिको रिपो जारी गरेको थियो । उक्त रिपोमा ८ दशमलव शून्य ९९ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । रिपोका कारण बजारमा तरलता सहज भएपछि बैंकहरूले ट्रेजरीमा मागभन्दा अधिक बोलकबोल गरेका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार