आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोसपा संसदीय दलको नेतामा सोनललाई नस्वीकार्ने चेतावनी

सोमबार, २५ पुस २०७९, २२ : ४४
सोमबार, २५ पुस २०७९

जनकपुरधाम । लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनलाई चयन गरियो भने अस्वीकार गर्ने लोसपाबाट निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले बताएकी छिन् । पार्टीमा दलको नेता सर्वसम्मतबाट नै चयन गर्ने वातावरण रहेपनि जितेन्द्र सोनललाई यसपटक स्वीकार नगर्ने उनको भनाइ छ ।

उनले एउटै व्यक्तिले पटक–पटक मौका पाउनु नहुने भन्दै यसपटक दलको नेता महोत्तरीले पाउनुपर्ने धारण राखिन् । मधेश प्रदेशमा कुल ९ सांसद जितेका लोसपामा ५ वटा सांसद महोत्तरीबाट निर्वाचित भएका छन् । महोत्तरीका जनताले यसपटक पूर्ण विश्वास गरी लोसपालाई ऐतिहासिक जित दिलाउन सफल भएकोले पनि दलको नेतामा महोत्तरीलाई प्राथमिकतामा राख्नुपर्ने उनले पार्टीका नेतृत्वसँग माग गरिन् ।

दलको नेता चयन गर्न पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अधिकार दिइएकोमा अध्यक्षले सोनललाई चयन गरेर पर्ठादिँदा मान्ने कि नमान्ने भन्ने प्रश्नमा उनले त्यो स्वीकार्य नहुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप