पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलवार
पोखरा । पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलवार बस्ने भएको छ ।१२ औँ नगरसभाको आवश्यक तयारी पुरा भएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा हुने नगरसभालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारी पुरा गरिएको हो ।
‘पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलवार बस्दै छ, हामीले यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने तयारी गरेका छौँ, प्रमुख आचार्यले भने, तयारीका लागि विभिन्न समितिहरू निर्माण गरिएका छन्, उनीहरूले आ–आफ्नो जिम्मेवारी सावधानी पूर्वक सम्पन्न गरिसकेका छन् ।’ आफूहरू ‘समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने ध्येयका साथ अगाडि बढेको बताउँदै उनले नगरसभाका सदस्यहरू बीच महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल गरिने बताए ।
दिउँसो २ बजे बस्ने नगरसभाको उद्घाटन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गर्नेछन् । त्यस अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म