बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पाकिस्तानलाई ‘ठूलो’ लगानीको खाँचो छ :  संयुक्त राष्ट्रसंघ

सोमबार, २५ पुस २०७९, २१ : ३०
सोमबार, २५ पुस २०७९

पाकिस्तान । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न  आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने, “पाकिस्तानलाई बर्षा र बाढीका कारण जे भयो त्यो कुनै पनि देशका लागि सहज हुन सक्दैन ।”

गुटेर्रेसले एक दिवसीय कार्यक्रमको उद्घाटन गर्दै पाकिस्तानलाई बाढीबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह  गरेका हुन् । सन् २०२२ को बाढीले पाकिस्तानमाको एक तिहाई भाग डुबायो, एक हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भयो र तीन करोड ३० लाखभन्दा बढी व्यक्तिलाई प्रभावित गराएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्मेलनमा आफ्नो देश ठूलो आवश्यकता पूरा गर्न ‘समयसँग सङ्घर्ष गरिरहेको’ बताएका छन् । “यो हाम्रो देशको इतिहासको नै सबैभन्दा ठूलो जलवायु विपत्ति हो,” पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भने ।

पाकिस्तानको पुनः उत्थान, पुनः निर्माण फ्रेमवर्कका अनुसार सोमबारको सम्मेलनमा आधिकारिक रुपमा प्रस्तुत गरिने पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्नेछ । पाकिस्तान सरकारले आफ्नो देशले आधा खर्च बेहोर्न बताउँदै बाँकी खर्चका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप