जसपाको असहमति पछि साझा न्यूनतम कार्यक्रममा अटेन पृथ्वी जयन्ती
सोमबार, २५ पुस २०७९, २१ : १३

काठमाडौँ । आफ्नो अडानका कारण सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्ती राख्ने विषयलाई हटाइएको जनता समाजवादी पार्टी नेपालले दाबी गरेको छ । पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने कुरा साझा न्यूनतम कार्यक्रमको मस्यौंदामा समावेश गरिएकोमा जसपाले असहमति राखेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
‘सरकारले आवश्यकताका आधारमा सार्वजनिक बिदा दिन सक्ने विषयलाई साझा न्यानुतम कार्यक्रमको अंश बनाउनु हुँदैन भन्ने जसपाको धारणा थियो । कार्यक्रमलाई पूर्णता दिने क्रममा यसलाई हटाइएको छ,’ पार्टीले भनेको छ । यद्यपि सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय भने गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु