एनएमबि बैंकले नगद लाभांश दिने
सोमबार, २५ पुस २०७९, २१ : ०७

काठमाडौँ । एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार – शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय