पुलिसको विजयी अभियान जारी
काठमाडौँ । विभागीय क्लब नेपाल पुलिस क्लबले सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला तर्फ विजयी अभियानलाई जारी राखेको छ । पहिलो दिन नयाँ बजार सामाजिक युथ क्लबमाथी जित हात पार्दै ३ अङ्क जोडेको पुलिसले दोस्रो दिन पनि एभरेस्ट भलिबल क्लब माथि जित निकाल्दै विजयी अभियानलाई निरन्तरता दिएको हो । समूह ए मा रहेको पुलिसले एभरेस्टलाई २५–१४, २५–९ र २५–६ को सहज जित निकाल्दै आफ्नो खातामा ६ अङ्क जोडेको छ ।
यसै समूहमा रहेको साबिक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले नयाँ बजार सामाजिक युथ क्लबलाई ३–० सेटमा पराजित गर्दै आफ्नो खातामा महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ । न्यू डायमण्डले नयाँ बजारमाथि २५–२, २५–८ र २५–६ को सहज जित निकालेको हो ।
नेपाल भलिबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा टिप टप हेल्प नेपाल भलिबल क्लबले जित हात पारेको छ । हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई २५–१६, २५–१९ र २५–१६ को सहज सेटमा पराजित गर्दै ३ अङ्क प्राप्त गर्न सफल भएको हो । यस्तै पुरुषको अर्को खेलमा बागमती प्रदेशको केशवलाल स्मृति प्रतिष्ठानले मधेस प्रदेशलाई २५–२१, २५–२३, २९–२७ र २५–१७ ले पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको छ ।
आजै भएको अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मणि मुकुन्द भलिबल क्लबलाई पराजित गर्दै आफूलाई अङ्क तालिकाको अग्रस्थानमा राखेको छ । आर्मीले मणि मुकुन्दलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै थप ३ अङ्क जोडेको हो । यस अघि च्याम्पियनसिपको पहिलो दिन भएको खेलमा पनि सेनाले दावाली मिलन केन्द्रलाई पराजित गर्दै ३ अङ्क जोडेको थियो । यो संगै सेनाको ६ अङ्क भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा रोकियो दुई दिनदेखिको झरी
-
सप्तकाेशीमा पानीको बहाव सन् १९६८ यताकै धेरै, पुल माथिबाटै पानी बग्न थाल्यो
-
अविरल वर्षा र बाढीले रौतहटमा बागमती र बाकैयाको तटबन्ध भत्कियो
-
बाढीपहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु
-
स्वास्थ्य मन्त्रालयले भन्यो– विपद्बाट उद्धार गरिएका घाइते बिरामीहरूको निःशुल्क उपचार गर्नु
-
बाढीपहिरोमा परेर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता