बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

फिनल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

सोमबार, २५ पुस २०७९, २० : ५९
सोमबार, २५ पुस २०७९

काठमाडौँ । फिनल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई काठमाडौँबाट पक्राउ गरेको छ । म्याग्दी घर भएकी २६ वर्षीया मनिषा पुनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

म्याग्दीको मालिका गाउँपालिका घर भएर काठमाडौंको जोरपाटी बस्दै आएकी मनिषाले फिनल्याण्ड सपना देखाएर ७ लख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सामाजिक सञ्जाल फेसवुक, इमो र ह्वाट्सएप मार्फत सम्पर्क गरेर उनले ‘फिनल्यान्ड १ लाख ४२ हजार कमाई हुन्छ’ भनेर त्यहाँ पठाउने आश्वासन बाँड्ने गरेकी थिइन् । नक्कली ‘जव अफर लेटर’ र ‘वर्क परमिट’ सामाजिक सञ्जालमार्फत पठाएर उनले जनही ५ लाख लाग्छ भनेर पीडितलाई काठमाडौं बोलाउने गरेकी थिइन् ।

पैसा लिएपछि उनि सम्पर्क बिहिन हुने गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् । आरोपीलाई थप अनुसन्धान र कारावाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप