बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट २२ बङ्गुर मरे

सोमबार, २५ पुस २०७९, २० : ५४
सोमबार, २५ पुस २०७९

तनहुँ । अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।  म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ ।

भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणबाट बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । 

म्याग्दे गाउँपालिका–५ का कृषक थापाको फार्ममा रहेका २२ बङ्गुरमध्ये ११ र कुमालका तीनवटै बङ्गुर मरेर सखाप भएको उनले बताए । कृषकले बिहान चार मरेको र केही बङ्गुर बिरामी भएको जानकारी पाएपछि डा श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो । 

उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन । उनले भने, “गतवर्ष काठमाडौँमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउनभन्दा पत्याएनन् । अहिले धेरै क्षति ब्यहोर्नुपर्ने खतरा देखिइएको छ ।” 

सो सङ्क्रमण हुँदा बङ्गुरमा उच्चज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्दछ । भीमाद नगरपालिकाका कृषक थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएकाले जिल्लाका कृषकलाई उच्च सतर्कता अपनाउन केन्द्रका प्रमुख डा श्रेष्ठले बताए ।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान कार्यलाई तीव्र छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “यस रोगले बङ्गुर मरेर सकिन्छ होला भन्ने चिन्ता थपिएको छ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप