सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री रावलले दिए आफैलाई ग्रेस मार्कस् !

सोमबार, २५ पुस २०७९, २० : ०२
सोमबार, २५ पुस २०७९

कैलाली । आफ्नो कार्यकालको उत्तरार्धमा रहेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले आफ्नो कार्यकाल अपेक्षित रूपमा सन्तुष्टिजनक नरहेको बताएका छन् ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट गरिएका गतिविधि सार्वजनिक गरेका मन्त्री रावलले चाहे अनुसार काम गर्न नसकेको बताएका हुन् । तर धेरै निराशाजनक पनि नभएको उनले बताए ।

आफ्नो पाँच वर्षे कार्यावधिमा नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मन्त्री रावल २०७८ चैत्र २५ गते आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । यसअघि  कांग्रेस सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल रहेको थियो ।

प्रमुख प्रतिपक्षमा हुँदा उनी प्रदेश सरकारका कटुआलोचकका रूपमा चिनिन्थे । उनले भने, ‘मेरो पाँच वर्षे कार्यकालमा सत्ता पक्ष र प्रतिपक्षको सशक्त भूमिका र अनुभूति रह्यो । वास्तवमा मेरो कार्यसम्पादन १० पूर्णांकमा २ नम्बर त होइन, ३ नम्बर दिन्छु ।’ 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं। १ (२) बाट चुनाव लडेका रावल नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीसँग पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप