जाँदाजाँदै सुदूरपश्चिमका कानुन मन्त्री रावलले दिए आफैलाई ग्रेस मार्कस् !
धनगढी । आफ्नो कार्यकालको उत्तरार्द्धमा रहेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले आफ्नो कार्यकाल अपेक्षित रूपमा सन्तुष्टिजनक नरहेको बताएका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट गरिएका गतिविधि सार्वजनिक गरेका मन्त्री रावलले चाहे अनुसार काम गर्न नसकेको बताएका हुन् । तर धेरै निराशाजनक पनि नभएको उनको भनाई छ ।
आफ्नो पाँच वर्षे कार्यावधिमा नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका मन्त्री रावल २०७८ चैत्र २५ गते आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भए । यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल रहेको थियो । प्रमुख प्रतिपक्षमा रहँदाखेरि उनी प्रदेश सरकारका कटुआलोचकका रूपमा चिनिन्थे ।
‘त्यसताका तपाईंले प्रदेश सरकारको वार्षिक मूल्याङ्कनको क्रममा १० पूर्णाङ्कमा २ नम्बर दिनुहुन्थ्यो, अब आफ्नो कार्यावधिको कार्यसम्पादनलाई कति नम्बर दिनुहुन्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा एकछिन अलमलमा रहेका उनले भने, ‘मेरो पाँच वर्षे कार्यकालमा सत्तापक्ष र प्रतिपक्षको सशक्त भूमिका र अनुभूति रह्यो । वास्तवमा मेरो कार्यसम्पादन १० पूर्णाङ्कमा २ नम्बर त होइन, ३ नम्बर दिन्छु ।’
मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं. १ (२) बाट चुनाव लडेका रावल नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीसँग पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म