सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

मध्यमर्स्याङ्दीबाट ५० मेगावाट मात्रै विद्युत् उत्पादन

सोमबार, २५ पुस २०७९, १७ : ३१
सोमबार, २५ पुस २०७९

लमजुङ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ ।  मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत कमी भएको हो । बर्खाको समय टर्बाइन खुला छोड्दा ७३ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ५० मेगावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ । 

केन्द्रबाट वर्षायाममा ७३ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । केन्द्रले ६ महिनासम्म कम्तीमा ७० मेगावाट विद्युत् उत्पादन हुने र अन्य समयमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घट्ने जनाएको छ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप