फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ : गगन थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विग्रहको संकेत देखेको बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन सही रहेको र संसद विघटन हुँदा प्रतिगामीको आरोप लगाउने नै प्रतिगामी रहेका बताइरहँदा देखिएको प्रचण्डको हाउभाउले उनीहरुबीच विग्रहको संकेत देखेको बताए । प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीको संसद विघटन सही रहेको र प्रतिगामी भन्नेहरु नै प्रतिगामी रहेका अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमल्लिएको विषयलाई आफूले सामान्य रुपमा नलिएको महामन्त्री थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन
-
नयाँ वर्षमा स्वयम्भूमा चहलपहल (तस्बिरहरु)
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा