संसदमा सिके राउत : देशको अखण्डताका लागि संघीयता आवश्यक छ

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता सिके राउतले नेपालको अखण्डताका लागि संघीयता बलियो बनाउनुपर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राउतले संघीयतालाई सबल बनाउन जोड दिए ।
उनले भने– ‘नेपाल हरेक दृष्टिकोणमा, हरेक आयाममा विविधतापूर्ण देश हो, जातीय संरचनादेखि लिएर भौगोलिक संरचनादेखि लिएर । बहुभाषिक, बहुसाँस्कृतिक, बहुराष्ट्रिय देश हो । त्यो आधारमा यो देशमा संघीयता आवश्यक छ भनेर स्मरण गराउन चाहन्छु । देशको अखण्डताका लागि संघीयता आवश्यक रहेको प्रमाणको रुपमा म तपाईहरुको अगाडि उपस्थित छु । संघीयतालाई सबल बनाउन यो सरकारले उपयुक्त कदम चाल्ने छ भन्ने कुरामा म विश्वस्त रहेको छु ।’
उनले यो देशका लागि गणतान्त्रिक व्यवस्था हुनु नौलो कुरा नभएको बताउँदै इशापूर्व छैटौं शताब्दीमा प्लेटोले गणतन्त्र शब्द नलेख्दै मधेशमा गणतान्त्रिक व्यवस्था रहेको दावी गरे । मधेशमा बज्जी गणतन्त्र, कपिलवस्तु गणतन्त्र रहेको उल्लेख गरे । उनले हिजो टिकट काटेर समेत जान नसक्ने ठाउँमा जनता निर्वाचित भएर पुगेको बताउँदै गणतन्त्रप्रति जनमत पार्टीको उच्च सम्मान रहेको बताए । उनले यो व्यवस्थाको संरक्षणका लागि जनमत पार्टी प्रतिवद्ध रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?