राजनीति
प्रदेश १ मा तीन मन्त्रीले लिए शपथ
सोमबार, २५ पुस २०७९, १५ : ०९
विराटनगर । प्रदेश १ मा तीन मन्त्रीले लिए शपथ पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ तीन मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
मन्त्रीको शपथ लिनेमा तिलकुमार मेन्याङ्वो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरु तीनै जना विना विभागीय हुन् । सबै मन्त्रालय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग राखेका छन् ।