आर्यन खानकी प्रेमिका भनेर चर्चामा आएकी पाकिस्तानी नायिका को हुन् ?

पाकिस्तानी नायिका सादिया खान आजकाल चर्चामा छिन् । चर्चामा आउनुको कारण पनि निकै रोचक छ । वास्तवमा सादिया खानले दुबईमा आफ्ना साथीहरुसँग विशेष तरिकाले नयाँ वर्ष मनाएकी थिइन् । नयाँ वर्षको पार्टीबाट आर्यन खानको सादियासँग तस्बिर सार्वजजिक भएको थियो ।
फोटोमा आर्यन र सादिया सँगै पोज दिइरहेको देखिए । आर्यनसँग सादियाको तस्बिर सोसल मिडियामा तीब्र रुपमा भाइरल भयो, त्यतिबेला देखि नै सादिया खान चर्चामा छिन् । कतिले सादियालाई आर्यन खानकी प्रेमिकासमेत भने तर भारतीय मिडियाले यी दुईबीच त्यस्तो केही पनि नभएको बताएको छ । अब यहाँ प्रश्न के उठ्छ भने सादिया को हुन् ? आउनुहोस्, उनीबारे केही जानकारी लिऔँ ।
सादिया खान पाकिस्तानी सिनेमाकी चर्चित नायिका हुन् । सादिया थुप्रै टिभी सिरियलमा देखिइसकेकी छिन् । सादियाले आफ्नो शो खुदा और मोहब्बत, शायद, यारियां, मरियम पेरियाराबाट चर्चा बटुलिसकेकी छिन् ।
सादिया खान वास्तविक जीवनमा सुपर ग्ल्यामरस र स्टनिङ छिन् । सादिया सोसल मिडियामा निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनका १.८ मिलियन फलोअर्स छन् । उनी धेरैजसो आफ्नो ग्ल्यामरस तस्बिर सेयर गरिरहन्छिन् ।
उनका तस्बिर सोसल मिडियामा धेरैले मन पराउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान