जसपामा संगठनको अभिलेख संकलन गर्न जिम्मेवारी तोकियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ ।
विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का, बागमती प्रदेशमा विद्युत बज्राचार्य, गण्डकी प्रदेशमा धनप्रसाद तामाङलाई जिम्मेवारी तोकेको छ।
यस्तै लुम्बिनी प्रदेशमा अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर , राष्ट्रिय समितिमा लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी, जनवर्गीय संगठनमा रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव, गैर भौगोलिकमा चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी,
प्रवास विशेष प्रदेश समितिमा रामसहायप्रसाद यादवलाई जिम्मेवारी तोकेको छ ।
पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा