समाचार
बागमतीको मुख्यमन्त्रीमा जम्मकट्टेलको दावी पेस
सोमबार, २५ पुस २०७९, १४ : ०३
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले ७० संसदको समर्थन सहित सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेस गरेका छन् । उनले माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा दावी पेस गरेका हुन् । जम्मकट्टेलले माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका छन् ।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दावी गर्न पौष २५ गते आइतबार अपरान्ह ४ बजेसम्मको समय दिएका थिए । बागमतीमा सरकार गठनका लागि प्रदेशसभामा रहेको ११० सांसदमध्ये ५६ सांसद भए पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा
-
नेपाली र दक्षिण कोरियाली कविता वाचन
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ
-
१० बजे १० समाचार : देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ, सुदूरपश्चिममा एमालेलाई धक्का