७० सांसदको समर्थनमा जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने, एकीकृत समाजवादीको पनि समर्थन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलको पक्षमा ७० जना सांसदको समर्थन जुटेको छ । जम्कट्टेललाई एमाले, माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरूले समर्थन गर्ने भएका हुन् ।
सोमबार हेटौडामा भएको छलफलपछि जम्कट्टेलको पक्षमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारलाई समर्थन गर्न सहमत भएका हुन् । यो सँगै ७० सांसदको हस्ताक्षरसहित जम्कट्टेल २ बजे मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको जाँदै छन् ।
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन् भने नेकपा एकीकृत एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टी २ जोडिदा जम्कट्टेलको पक्षमा समर्थन गर्ने सांसद ७० पुगेका हुन् । हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य र एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जम्कट्टेललाई समर्थन गर्न हस्ताक्षर गरिसकेको र २ बजे आफूहरू पनि प्रदेश प्रमुखकोमा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्