जसपा मधेस प्रदेश संसदीय दलको नेतामा राउत र यादवको उम्मेदवारी
सोमबार, २५ पुस २०७९, १३ : २८
जनकपुरधाम । जसपा मधेस प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज यादवले उम्मेदवारी दिएका छन् । राउतको प्रस्तावक सिंहासन साह कलवार र समर्थक शेख अब्दुल कलाम छन् । त्यस्तै यादवको प्रस्तावकमा ललिता दास र समर्थक सजिता खातुन रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
उम्मेदवारी फिर्ता लिने समय ३ः३० बजेसम्म रहेको निर्वाचन समितिले जनाएको छ । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ५ देखि ६ बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुने निर्वाचन समितिको भनाइ छ ।
मधेस प्रदेशसभामा १६ सांसदसहित जसपा नेपाल तेस्रो ठूलो दल हो । संसदीय दलको नेताका लागि हुने मतदानमा १५ जना सांसदले मात्रै भाग लिने भएका छन् । सो पार्टीकी समानुपातिक सांसद बिन्दु कुमारी यादव उपचारका क्रममा देश बाहिर छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
सीप भएका सुनुवारको घरमा मादलै मादल
-
वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी
-
पदयात्राका क्रममा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण
-
कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक