प्रदेश १ मा आलोपालो हुन्छ, सहमति सच्चिन्छ : राम कार्की
सोमबार, २५ पुस २०७९, १३ : १५

विराटनगर । नेकपा (माओवादी केन्द्र) का सचिव तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले प्रदेश १ सरकार आलोपालो हुने बताएका छन् । उनले केन्द्रले गरेको निर्णय करेक्सन गराउन पहल भइरहेको पनि बताए । `हामीले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेका छौँ,´ कार्कीले भने, `उहाँले हिजाे भएको सहमति करेक्सन हुन्छ भन्नुभएको छ ।´
कार्कीले एमालेले जसाेजसाे भन्यो त्यसै त्यसै माओवादीले नगर्ने बताए । केन्द्रको निर्णयमा आलोपालो नगरेपछि प्रदेश १ सरकारमा आफूहरू नजाने माओवादी केन्द्रले बताएको छ । प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । उनलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानो आकारको मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?