मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् । सोमबार ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाडौँको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बैङ्क, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरु स्वस्थ र सबल बन्ने बताए । उनले बैङ्कहरूको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताए । बैङ्कहरूले मर्जरले ठुलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताए । उनले बैङ्क तथा वित्तीय संस्थाहरूले सानो कर्जालाई प्राथमिकता दिनुपर्ने पनि बताए ।
उनले भने, ‘सिस्टम र अर्थतन्त्रले खोजिरहेको विषय बैङ्क, वित्तीय संस्थाहरु मर्जर भइराख्दा हाम्रो वित्तीय प्रणाली थप सुरक्षित हुनेछ । संस्थाहरु थप स्वस्थ हुनेछन् । थप सबल हुनेछन् । अर्थतन्त्रमा बैंकिङ प्रणालीको इण्डिभिजुअल बैंकको पनि योगदान बढेर जानेछ भन्ने अपेक्षासहित यो पोलिसी ल्याएको हो । यो सालमात्रै १४ वटा बैङ्क मात्रै मर्जर भएको अवस्था छ । मर्जरमा राम्रो उपलब्धि भएको छ । बैंकहरु ठूला र संस्थाहरु मर्जर भइराख्दा बैङ्क वित्तीय संस्था आफैँमा सेल्फ रेगुलेशनमा पनि बेसी जानुपर्ने, आफ्नै नियमन बढाउनुपर्ने, बैंकसँग भएको रिसोर्सलाई धेरै भन्दा धेरै उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैंकले एक खालको नियम ल्याएको छ । त्यो नियम भन्दापनि आफैँ प्रोएक्टिभ्ली राष्ट्रिय उत्पादनमा बढी लाग्नुपर्ने हाम्रो रिसोर्स परिचालनमा त्यो आवश्यक्ता हामीले देखेका छौँ । बैङ्क वित्तीय संस्थाहरूले सानो कर्जालाई प्रमोट गर्नुपर्छ ।’
गभर्नर अधिकारीले बैङ्क मर्जरमा यस वर्ष राम्रो उपलब्धि भइरहेको पनि बताए । वित्तीय साक्षरतासँगसँगै वित्तीय कारोबार बढ्ने अपेक्षा धेरै बैङ्क हुँदा गरिएको भएपनि त्यो पूरा नहुँदा राष्ट्र बैंकले मर्जरको नीति लिनुपरेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म