सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बैंकको ब्याजदर कम गरे व्यवसायीहरूको मनोबल उच्च हुन्छः अध्यक्ष अग्रवाल

सोमबार, २५ पुस २०७९, ११ : ५६
सोमबार, २५ पुस २०७९

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् । 

सोमवार काठमाडौँमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बैंकको ब्याजदरमा केही कम गर्न सके उद्योगी र व्यवसायीहरूको मनोबल उच्च बन्ने बताए ।  अध्यक्ष अग्रवालले ग्लोबल आईएमई बैंक देशकै ठुलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिए । उनले सिडी रेसियो पनि सहज हुँदै गइरहेपनि बैङ्कहरूमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताए । उनले बैङ्कहरूले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग आग्रह गरे । उनले अहिले तरलता सहज भइरहेको भन्दै इन्भेष्टिबल लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताए । 

उनले भने, ‘ब्याजदरमा केही कमी ल्याउन पाए उद्योगी व्यवसायीहरूको मनोबल बढ्नेछ । यसमा मुख्य भूमिका खेल्न ग्लोबल आईएमई बैङ्कले अग्रता लिनुपर्छ । बैंकको ब्याज घटाउनेतिर अघि बढ्नुपर्छ । सिडी रेसियो पनि सजिलो हुँदै गइरहेको छ । ८६,८७ पुगेको छ । बैङ्कले लगानी गर्ने वातावरण बनाउन आग्रह गर्न चाहन्छु । इन्भेष्टिबल फण्डलाई उत्पादनमुखी कसरी बनाउने भन्नेबारेमा सोच्न आग्रह गर्दछु । नयाँ सरकारको पहिलो प्राथमिकतामा अर्थतन्त्र हुने भन्नुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको बेलामा ब्याजदर घटाउने र तरलता सहज बनाउने भन्नेमा सोचिन्छ भन्ने आशा छ ।’

अध्यक्ष अग्रवालले नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा विश्वास लिएको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप