बाबुराम नेतृत्वको नेपाल समाजवादीको बैठक आज सकिने
सोमबार, २५ पुस २०७९, ११ : २७
![बाबुराम नेतृत्वको नेपाल समाजवादीको बैठक आज सकिने](https://rpcdn.ratopati.com/media/albums/nesapa_B1Ffns1I4T.jpg)
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज सकिने भएको छ । आइतबारदेखि सुरु भएको बैठक आज बेलुकासम्म सक्ने तयारी गरिएको नेता रोशन पोखरेलले बताए ।
बैठकले माओवादी केन्द्र सहित अरु कम्युनिस्ट घटकसँग एकता गर्न र्वार्ता टोली गठन समेत गर्ने तयारी गरेको छ । बैठक दिउँसो साढे १२ बजेदेखि पार्टी केन्द्रीय कार्यलय शान्तिनगर तीनकुनेमा हुने भएको छ ।