टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)
काठमाडौं–२००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६८ आै प्रजातन्त्र दिवस मनाइएको छ ।
यसै अवसरमा काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताए । उनले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत् ‘सुःखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवम् कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उदघोष पनि गरे ।
कार्यक्रममा नेपाली सेनाले आफ्नो कलाकौशल प्रस्तुत गर्नुका साथ हेलिकप्टरबाट पुष्पवृष्टि गरेका थियो । त्यसैगरी काठमाडौं महानगरपालिका, नेपाल स्काउट लगायतका संघ, संस्थाहरुले सांस्कृतिक झाँकीसहितका प्रर्दशनी गरेका थिए । यसै अवसरमा सरकारले सोमबार सार्वजनिक विदा पनि दिएको छ ।
तस्बिरहरु हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान
-
रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत