कविता : विना विभागीय मन्त्री
सोमबार, २५ पुस २०७९, १० : १६
के न कसो गर्नु अब
क कल्लाई मात्र भन्नु
साह्रै अप्ठेरो रहेछ
विना विभागीय मन्त्री बन्नु
मन्त्री पाउने भन्नासाथ सोझै
शपथ लिन दौडियो
यो सिट ऊ सिट मतलब भएन
झुण्डिएरै भए नि छिरियो
समस्या ल्याएका जनता
टुलुटुलु हेर्छन् मात्र
पत्रकार मसला भेटिएझैँ
वरिपरि घेर्छन् मात्र
के गर्नुहुन्छ कहिले टुङ्गो हुन्छ
सोध्छन् कामकाज के हो
दृढ निर्णय निश्चित भिजन नहुँदा
छर्लङ्ग छ यो हाल जे हो
यो चाहिँ क्षेत्रमा काम गर्छु भनी
सक्नुपर्ने रहेछ योजना भन्न
अहिले लागिरहेछ सांसद बनेको
जुनै भएपनि मन्त्री बन्न
भो भो बाबा अब हुँदो रहेनछ
विना विभागीय मन्त्री खान
जनताको निम्ति काम गर्न
पर्दो रहेछ मन्त्रालय तोकेरै जान
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
-
३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
-
‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न
-
दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित