बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

१५ थान अवैध मोबाइलसहित रौतहटबाट २ जना पक्राउ

सोमबार, २५ पुस २०७९, ०९ : २८
सोमबार, २५ पुस २०७९

रौतहट । भन्सार छलेर भित्र्याइएकोविभिन्न ब्रान्डका १५ थान मोबाइलसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गौर नगरपालिका ४ का २१ वर्षीय राजन कुमार यादव र वर्ष २२ का अनिल साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी गस्ती टोलीले  ईशनाथ नगरपालिका  ४ महुलीया टोल स्थितमा नेपाल भारत सीमामा सवारी साधन तथा पैदल यात्रीहरू चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल  तर्फ पैदल आउँदै गरेका दुवै जनालाई दुई लाख ६२ हजार ५४७ मूल्य बराबरको मोबाइलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मल्लले बताए । दुवै जनालाई आवश्यक कारबाहीको लागि आइतबार साँझ जिल्ला भन्सार कार्यालय  गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप