चेल्सीमाथि सिटीको गोल वर्षा
सोमबार, २५ पुस २०७९, ०७ : ०४

म्यानचेस्टर । म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जीत हासिल गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले ४–० को शानदार जीत हासिल गरेको हो ।
खेलको २३ औँ मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ३० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै जुलियन अल्भारेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा फिल फोडेनले अर्को गोल थपे ।
दोस्रो हाफमा महारेजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । अब सिटीले अर्को चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघोषित लोडसेडिङको मारमा कर्णाली, विद्युत् प्रणालीमा बारम्बार अवरोध
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा