ठमेलमा ‘केटी मिलाइदिन्छौं’ भनेर हैरानी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा ‘केटी मिलाइदिन्छौं’ भनेर पर्यटक र सर्वसाधारणलाई हैरानी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले डान्सबारमा छिराइदिने र केटी मिलाइदिने भनेर हैरानी गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएका २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोटकै पञ्चकन्या गाउँपालिका–४ का ३१ वर्षीय दिपेश तामाङ, ललितपुरको गोदावरी नगरपालिका–६ का २२ वर्षीय कृष्ण तामाङ, सिन्धुलीको दुधौली नगरपालिका–१० का २८ वर्षीय अर्जुन कटुवाल र बैतडीको पुरचौडी नगरपालिका–७ का २५ वर्षीय यज्ञराज जोशी छन् ।
आरोपीहरुलाई प्रहरी वृत लैनचौरको हिरासतमा राखेर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख