आर्मी र पुलिसलाई दोहोरो सफलता
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवै तर्फ जित हात पार्दै दोहोरो सफलता पाएका छन् ।
च्याम्पियनसिपको पहिलो दिन आर्मीले विजयी सुरुवात गर्दै पुरुषतर्फ भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबलाई २५–२०, २५–२१, २५–२१ को सोझो सेटमा पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको हो । समूह ए मा आर्मी र दावाली संगै मणिमुकुन्द भलिबल क्लब रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपको समूह सी को खेलमा नेपाल पुलिसले पहिलो पटक सहभागिता जनाएको न्युटन भलिबल एकेडेमी माथि ३–० को जित निकाल्यो । पुलिसले न्युटनलाई २५–१७ र २५–१६ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा पुलिस र न्युटन संगै ढोरपाटन र गण्डकी रहेका छन् ।
यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१०, २५–६ र २५–८ को सोझो सेटमा पराजित गरी विजयी सुरुवात गरिसकेको छ । जितसँगै पुलिसले समुह ‘ए’ मा ३ अंक जोडेको छ । यो समूहमा पुलिससँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार रहेको छ ।
यस्तै आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–३, २५–५ र २५–१० को जित निकाल्न सफल भयो । यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ ।
माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिला तर्फ ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या