कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री पक्का !

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो । ०७४ मा पनि १३ सिट सहित दोस्रो स्थानमा रहेको माओवादीका महेन्द्रबहादुर शाही एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने छन् । उनी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएर निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर एमालेबाट सभामुखमा अहिलेसम्म कसैको नाम पनि चर्चामा छैन् । एमाले नेताहरुले ०७४ मा २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यो पटक जसरी पनि मुख्यमन्त्री पाउने आश गरेका थिए । सोही अनुसार एमाले नेता यामलाल कँडेलले तयारी समेत गरिरहेका थिए भने अन्य नेताहरुले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एन्फाको अन्न्यायपूर्ण निर्णयले खेलाडी विक्षिप्त छन्, चुपचाप सहेर बस्ने ?’
-
राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने
-
वायु प्रदूषण घटेपछि खुल्यो आकाश, देखिन थाले हिमाल, तस्बिरहरू
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता