पालुन खोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
आइतबार, २४ पुस २०७९, २० : २१
काठमाडौं । पालुन खोला हाइड्रोपावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणलाई गरी १९ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
आइतबार राजधानीमा एक कार्यक्रमका बीच कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा पालुन खोला हाइड्रोपावर कम्पनीकातर्फबाट कार्यकारी अध्यक्षपुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
पालुन खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका