मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पालुन खोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आइतबार, २४ पुस २०७९, २० : २१
आइतबार, २४ पुस २०७९

काठमाडौं । पालुन खोला हाइड्रोपावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणलाई गरी १९ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

आइतबार राजधानीमा एक कार्यक्रमका बीच कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा पालुन खोला हाइड्रोपावर कम्पनीकातर्फबाट कार्यकारी अध्यक्षपुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

पालुन खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप