भन्सार छली ल्याएको ६६ लाख बराबरको कपडा बरामद
आइतबार, २४ पुस २०७९, १८ : २५
काठमाडौं । भन्सार छली काठमाडौं ल्याइएका ६६ लाख मूल्य बराबरको सामानसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले शुक्रबार राती काठमाडौंको बल्खुबाट ६६ लाखको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीको टोलीले पुष २३ गते बिहान ०३ः४५ बजेको समयमा उपत्यका बाहिरबाट काठमाडौं आइपुगेको अवस्थामा कामनपा १४ बल्खु नजिकैबाट भन्सार छली गरिएका सामानसहित एक व्यक्ति पक्राउ गर्दै भारतीय नम्बर प्लेटको सवारीसाधन समेत बरामद गरेको हो । प्रहरीले PB10C X7597 नं. को भारतीय नम्बर प्लेटको ट्रकसमेत नियन्त्रणमा लिएको छ ।
कालीमाटी प्रहरीलाई प्राप्त सूचनाका आधारमा ट्रकको खानतलासी गर्दा बाहिर प्याजको बोराले छोपेर भित्र कोट पाइन्टका कपडा, शेरबानी लगायतका सामानहरु बरामद गरेको हो । ती सामानहरुको भन्सार महसुल नतिरिएको र भन्सार छली गरी ल्याएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुट पाइण्टको कपडा ५ हजार ६८३ मिटर, सर्टको कपडा २ हजार ७ सय मिटर, शेरवानीको कपडा २ हजार १८१ मिटर र लेहेङ्गाको कपडा १ हजार ६५० मिटर बरामद गरेको छ । भन्सार छली गरी कपडा ल्याउनमा संलग्न ट्रक चालक भारत पञ्जाब लुदियानाका ५६ वर्षीय सुकदेव सिंह र उनले चलाइरहेको PB10C X7597 नम्बरको भारतीय ट्रकसमेत नियन्त्रणमा लिइएको छ । बरामद भएका कपडाहरुको मूल्य अन्दाजी ६६ लाख ६५ हजार ५५८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
भन्सार छली गरी सामान आयतमा संलग्न सुकदेव सिंहलाई बरामद दशीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु