गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो परीक्षण उडान सफल

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो पटक परीक्षण उडान सफल भएको छ । आइतवार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको नाइन. एन–ए. एल. ओ जहाज रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो ।
डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भई उडान भएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उक्त जहाज काठमाडौँबाट गुल्मी विमानस्थलमा ५० मिनेटको समयमा पुगेको प्राधिकरणले जनाएको छ ।
आइतवार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
डेमो उडानका अवसरमा आज रेसुङ्गा नगरपालिकामा बिदासमेत दिइएको थियो । जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा