चिनियाँ राजदूत चेन सोङ : ‘द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन नेपाली साथीसँग मिलेर काम गर्न तयार छु’

काठमाडौँ । नवनियुक्त नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लागि सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । नेपालका लागि राजदूत नियुक्त भएर काठमाडौँ आएसँगै राजदूत सोङले ट्वीटर मार्फत नेपालमा २२ औँ चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु आफ्नो लागि सौभाग्य र ठुलो सम्मानको कुरा भएको बताएका छन् ।
आज काठमाडौँ आइपुगेको, यहाँको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर चकित भएको उल्लेख गर्दै नेपाली जनताको दया र न्यानोपनबाट प्रभावित भएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘म, दूतावासका मेरा सहकर्मीहरूसँगै चीन–नेपाल सहयोगको पूर्ण सम्भावनालाई उजागर गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सबै क्षेत्रका नेपाली साथीहरूसँग मिलेर काम गर्न तयार छु ।’
राजदूत सोङले ट्वीटरमा नेपाली भाषामा ‘हिमालय वारपार चीन–नेपाल मित्रता अमर रहोस्’ भन्ने कामना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश
-
नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
-
‘भूठान’ को प्रिमिएरमा नेता र कलाकारले के भने ?
-
दुई जनालाई सरकारी वकिलको उन्मुक्ति, पीडित परिवार भन्छन्– ‘न्याय पाएनौँ’